पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित

काठमाडौं । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार भरतपुर महानगरपालिका-१ घर भएका पूर्वसांसद श्रेष्ठसहित भरतपुर-४ का नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, भरतपुर-१६ का क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर-२ का तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र भरतपुर-८ का क्रियाशील सदस्य डा.केशव पौडेललाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो ।

Previous articleमन्त्री अथकद्धारा चौधरीको पार्थिव शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान
Next articleतुलसीपुरका मेयर उम्मेदवार गिरीको घरमा पेट्रोल बम प्रहार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here