
बाँके । बाँकेमा आइतवार थप ४८ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।
भेरी अस्पताल नेपालञ्न्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका थप ४८ सहित ५१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
वडा प्रहरी कार्यालय नेपालगञ्जबाट संकलन गरिएको ४७ जनाको स्वाबमध्ये २९ जना र एक जना बागेश्री मन्दिरमा बस्ने प्रहरीलाई कोरोना देखिएको छ । त्यस्तै १ जना प्रदेशसभा सदस्य, नेपालगञ्ज ५ का १, ११ का १ र कोहलपुरका २ जना तथा दाङका ३ जनामा संक्रमण देखिएको हो ।
आइतवार थप भएका संक्रमितसहित बाँकेमा कूल संक्रमितको संख्या ६ सय १५ पुगेको छ ।





