तारबार लगाउँदै नेपालगन्ज सिल,चहलपहल शुन्य (हेर्नुस तस्बिर)

बाँके । काेराेनाकाे कहर बढेपछि नेपालगन्जलाई सिल गरिएकाे छ ।

नेपालगन्ज क्षेत्रमा काेराेना संक्रमितकाे संख्या दिनप्रतिदिन बढेपछि नेपालगन्जमा चार किल्ला ताेकिएर सिल गरिएकाे हाे ।

नेपालगन्जको सुर्खेतरोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपल चौतारा हुँदै बाँकेगाँउ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुर्वा चोकसम्म र नहरपुर्वा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्र पूर्ण रुपमा सिल गरिएकाे छ । सिल गरेकाे क्षेत्रमा हिडडुल तथा ब्यवसाय संचालनमा समेत पूर्णतया निषेध गरिएकाे छ ।

जिल्ला प्रसाशन कार्यालय बाँकेले शुक्रबार नै सूचना जारी गरि नेपालगन्ज सिल गर्न लागेकाे जनाएकाे थियाे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले श्राउन २४ गते राती १२ बजेदेखि श्रावण २७ गते राती १२ बजेसम्मका लागि सिल गर्ने निर्णय गरेको हाे ।

जिल्लामा बिहीबार २८, शुक्रबार ४९ र शनिबार २० जना काेराेना संक्रमित भेटिएकाे छ । जसमा धेरै जना नेपालगन्जमा भेडिएका हुन ।

Previous articleप्रदेश सांसद नमूनालाई काेराेना संक्रमण
Next articleबाँकेमा आइतबार ३० जना प्रहरीसहित ४८ जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here