
बाँके । किर्ते मुद्दामा फरार रहेका एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
नागरिकता किर्ते मुद्दामा फरार रहेका नरैनापुर गाउँपालिका वडा नं. २ गंगापुरका ४० वर्षीय सागर अलि साईंलाई प्रहरील पक्राउ गरेको हो ।
बाँके जिल्ला अदालतबाट ६ महिना कैदसजाय पाएका साईंलाई शनिवार राती ८ बजे पक्राउ गरी अदालतमा बुझाएको बाँके प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खडकाले जानकारी दिनुभयो ।





