यौनिक तथा लैंङ्गिक अल्पसंख्यकप्रति स्थानीय तह सकारात्मक हुन सकेन : सरोकारवाला

नेपालगञ्ज । यौनिक तथा लैंङ्गिक अल्पसंख्यक व्यक्तिहरुको सवालमा राज्यले उचित नीति ल्याउन नसकेको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।

बिहीबार नेपालगञ्जमा भएको सरोकारवालाबीचको छलफलमा बोल्ने वक्ताहरुले यौनिक तथा लैंङ्गिक अल्पसंख्यक व्यक्तिहरुको सवालमा स्थानीय तह सकारात्मक हुन नसेकेको औल्याइएको हो ।

स्थानीय तहमा यौनिक तथा लैंङ्गिक अल्पसंख्यकहरुको बारेमा नीति निर्माण गर्न, बजेट बिनियोजन गर्ने र कार्यान्वयन गर्न, सम्मानपुर्वक बाच्ने वातावरण निर्माण गर्न र मौलिक हक कार्यान्वयन गरि मानव अधिकारको प्रवद्र्धन गर्ने उद्देश्यका साथ छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका सामाजिक बिकास महाशाखा प्रमुख शोभा शाहले पछिल्लो समय यौनिक तथा लैंङ्गिक अल्पसंख्यकहरुका सवालमा परिवर्तन देखिएको बताउनुभयो ।उहाँले अझै पनि समावेशी सहभागिता एव उपस्थितिको कुरामा समाजको नेतृत्वकर्ताहरुले सहज स्वीकार्न नसकेको धारणा राख्नुभयो ।

पश्चिम तारा नेपालको आयोजनामा भएको कार्यक्रममा बोल्दै यौनिक तथा लैंङ्गिक अल्पसंख्यकहरुको महासंघ नेपालका कार्यक्रम संयोजक सिमरन शेरचनले यौनिक तथा लैंङ्गिक अल्पसंख्यकलाई रोजगारको समस्या बिद्यमान रहेको बताउनुभयो ।

सरकारले सबैलाई समान तवरले हेरिनुपर्ने र समान अवसर दिनुपर्ने बताउनुभयो । कार्यक्रममा पश्चिम तारा नेपाल बाँकेका कार्यक्रम संयोजक परिना चौधरीले कार्यक्रमबारे जानकारी दिनुभएको थियो ।

Previous articleस्वः मूल्याङ्कनमा डुडुवा यस वर्ष पनि पहिलो
Next articleजानकीको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here