
बाँके । अवैध पानको पात र सुर्तिसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बाँकेको डुडुवा गाउँपालिका वडा नं–६ नयाँबस्तीका २६ वर्षीयउको सोभा कुर्मीलाई अबैध पानको पात र सुपर पावर सुर्तिसहित नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय बनकट्टी (ख) बाँकेबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा बिहान सवा आठ बजे कुर्मीले साईकलमा अवैध रुपमा भन्सार छली ल्याउदै गरेको १० ढोली पानको पात र १ प्याकेट सुपर पावर सुर्तीसहित पक्राउ परेको बाँके प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिनुभयो ।





