कांग्रेस जानकी सभापति यादवमाथि आक्रमण गर्नेलाई कारबाही माग

मानपुर । नेपाली कांँग्रेस जानकी गाउँपालिका कार्यसमितिले जानकी गाउँपालिकाका पार्टी सभापति दयाराम यादवमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ ।

कार्यसमितिलेले एक बिज्ञप्ति जारी गर्दै अध्यक्ष यादवमाथि आक्रमण घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै आक्रमणकारीलाई कारबाहीको माग गरेको हो ।

कार्यसमितिले शनिबार जारी गरेको बिज्ञप्तिमा घटनाको निन्दा गरिएको छ । “२०७९ साल साउन १३ गते नेपाली कांग्रेस जानकी गा.पा. पार्टी कार्यालयमा नेपाल सरकारले नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित भएको उपलक्ष्यमा दिप प्रजवलन कार्यक्रम रहेको थियो ।

उक्त कार्यक्रम समापन पश्चात पार्टी सभापति श्री दयाराम यादव आफ्नो घर जाने कममा नहर बाटोमा केही अराजक तत्वहरु सुनियोजित रुपले दयाराम यादवलाई बाटोमा मोटर साइकल रोकी चाबी नियन्त्रणमा लिई निजलाई मोटर साइकलबाट तानि नहरमा लगि निर्धात कुटपिट गरी ज्यान मार्ने उद्देश्यले हमला गरेको अपराध प्रति नेपाली कांग्रेस जानकी गाउँपालिका कार्यसमितिको गम्भिर ध्यानाकर्षण भएको छ ।” बिज्ञप्तिमा लेखिएको छ ।

घटनामा संलग्न अपराधीहरुलाई तुरुन्त पकाउ गरी दोषी उपर कडा कारबाही हुनुपर्ने जानकी गाउँपालिका सचिव टिकानाथ यादवले माग गर्नुभएको छ ।

Previous articleशिक्षा क्षेत्रको सुधार नै यस क्षेत्रको बिकास हो : अध्यक्ष शाह
Next articleगुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here