कर्णालीका सामाजिक बिकास मन्त्री दल रावलकाे घरमा शंकास्पद बस्तु फेला

बाँके । नेपालगन्जकाे वडा न-४ गणेशपुरमा शुक्रबार फेरि शंकास्पद बस्तु फेला परेकाे छ ।

घट्नास्थलमा नेपाल प्रहरी पुगेकाे छ । प्रहरीले भेटिएको बस्तु शंकास्पद भए/नभएकाे यकिन गर्ने कार्य गरिरहेकाेे छ ।

। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक सुरज खत्रीका अनुसार भेटिएको बस्तु घरकाे पर्खालमा राखिएको छ ।

दिउँसाे नै देखिएकाे साे बस्तुबारे प्रहरीलाई जानकारी आएपछि प्रहरी त्यहाँ पगेकाे प्रहरी निरिक्षक खत्रीले जानकारी दिनुभयाे । स्थानीयका अनुसार सामाजिक बिकास मन्त्री दल रावलकाे घरमा उक्त शंकास्पद बस्तु भेटिएको छ ।

यसअघि बिहीबार साँझ नेपालगन्जकाे त्रिवेणी माेडमा ताल्चा लागेकाे शुटकेश भेटिएपछि स्थानीयमा त्रास उत्पन्न भएकाे थियाे ।

भेटिएको शुटकेश खाेलेर हेर्दा कपडा मात्रै पाईएकाे थियाे ।

Previous articleअब भेरीमा कोरोना बिषेश अस्पताल सञ्चालन हुने
Next articleदुई दिनदेखि नेपालगन्जमा शंकास्पद झाेला आतंक, स्थानीयमा त्रास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here