
बाँके । जिल्लामा शनिबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणबाट बाँकेका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालमा बिगत २४ घण्टामा ४७० स्याम्पलको परीक्षणमा यो संख्यामा कोरोना संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।






