
बाँके । भेरी अस्पताल नेपालगञ्जमा भएको पछिल्लो पिसिआर परीक्षणबाट ४० जनामा कोरोना संक्रमण देखिएको छ ।
कोरोना पुष्टि भएकाहरुमा बाँकेमा ३८ जना छन् । जसमा सबैन्दा बढि कोहलपुरमा २४ जना र नेपालगञ्जका ८ जनामा कोरोना पुष्टि भएको हो ।
मेडिकल कलेज कोहलपुरमा ७ जना र नेपालगञ्जमा १ जनामा कोरोना देखिएको छ । जसमध्ये मेडिकल कलेज नेपालगञ्जमा तुल्सीपुर दाङका एक बिरामी तथा मेडिकल कलेज कोहलपुरमा बर्दियाका एक बिरामी रहेका छन् ।
त्यस्तै खजुराका ६ जनामा कोरोना देखिएको छ । सोमबार कोरोना पुष्टि भएकाहरुमा १६ जना महिला र बाँकी पुरुष छन् । पछिल्लो परीक्षणमा भेरीले ६६९ जनाको स्वाब जाँच गरेको छ ।





