थप एकसंगै साेमबार ४१ जनामा काेराेना संक्रमण

बाँके । जिल्लामा साेमबार काेराेना पुष्टि हुनेकाे संख्या ४१ पुगेकाे छ ।

नेपालगन्जमा रहेकाे बागेश्वरी डाईग्नाेष्टिक ल्याबकाे प्रयाेगशालबाट थप एक जनामा काेराेना पुष्टि भएपछि साेमबार मात्रै संक्रमितकाे संख्या ४१ पुगेकाे हाे ।

दिउँसो भेरी अस्पतालमा भएकाे परीक्षणबाट ४० जनामा काेराेना संक्रमण देखिएकाे छ भने साँझ बागेश्वरी ल्याबबाट नेपालगन्ज-१६ का थप एक जना ५३ वर्षीय पुरूषमा काेराेना देखिएकाे हाे ।

बाँकेका काेराेना फाेकल पर्सन नरेश श्रेष्ठका अनुसार साेमबार थपिएका संक्रमितसंगै बिरामीको संख्या १ हजार ४३ पुगेकाे छ । हालसम्म ७ सय ३० डिस्चार्ज भएर घर फर्किएका छन् ।

Previous articleभेरीको पछिल्लो परीक्षणबाट ४० जनामा कोरोना पुष्टि
Next articleगायक सुगम पाेखरेलकाे धन्यवाद सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here