नरैनापुरका अध्यक्ष शाहलाई थप उपचारका लागि लखनऊ रिफर

नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कालेजमा शनिबारदेखि उपचाररत् नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको थप उपचारका लागि आज भारतको लखनाउ लगिएको छ ।

अध्यक्ष इस्तियाक अहमद शाहलाई इन्फ्लुएन्जा संक्रमण पुष्टि भएपछि थप उपचारका लागि लखनउ रिफर गरिएको मेडिकल कालेज नेपालगञ्जका फिजिसियन डा.आसिम केदवाइले बताउनुभयो ।

डाक्टर केदवाईका अनुसार छाती दुखाइ, ज्वरो र खोकीको समस्या देखिएपछि अस्पतालमा भर्ना गरि उपचार शुरु गरेको बताउदै उहाँले भन्नुभयो, खोकि र ज्वरो कम नभएपछि इन्फ्लुएन्जाको आशंकामा स्वाब परीक्षण गरेपछि इन्फ्लुएन्जा पोजेटिभ देखिएको हो ।

इन्फ्लुएन्जा देखिए पनि कुन प्रकारको इन्फ्लुएन्जा हो सोको परिक्षण गर्ने किट नभएकोले रिफर गर्नु परेको डाक्टर केदवाइले बताउनुभयो ।

Previous articleशताब्दी पुरुष सत्यमोहन जोशीको निधन
Next articleराष्ट्रिय खेलकुदमा ३६ पदकसहित आर्मी क्लब शीर्ष स्थानमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here