बर्दियाको ठाकुरबाबाका वडाहरुमा ‘हात धुने अभियान’

बर्दिया । ठाकुरबाबा नगरपालिकाले यहि २०७९ भाद्र ५ गते औपचारिक रुपमा हात धुने अभियान शुरु गरे पश्चात हाल यो अभियान वडाहरुमा केन्द्रित भएको छ ।

ठाकुरबाबा नगरपालिकालाई नेपाल मै पहिलो पूर्ण हात धुने नगरपालिका घोषणा गर्ने लक्ष्य लिएर शुरु गरिएको यो अभियान अन्तर्गत पहिलो चराणमा वडा नं. १, ४ र ९ का वडाहरुमा सामुदायिक हात धुने अभियानकर्ताहरुलाई प्रशिक्षक प्रशिक्षण दिए पश्चात उनीहरुको सहजीकरणमा वडा वडामा हात धुने अभियान चलिरहेको छ ।

यसैबीच वडास्तरीय वास समन्वय समितिको आयोजनामा वडा नं. १ मा रहेका राजनीतिक दलका प्रतिनिधिहरु, बडघरहरु, शिक्षकहरु, आमा समूहका सदस्यहरु, सामुदायिक हात धुने अभियान्ताहरु र समुदायका सदस्यहरुको सहभागितामा हात धुने अभियानबारे समुदायमा जानकारी गराउने र अभियानको प्रचार प्रसार गर्ने गरिएको छ ।

वडा वास समन्वय समितिका अध्यक्ष एव्म नि.वडा अध्यक्ष कृष्ण प्रसाद थारुको अध्यक्षतामा हात धुने अभियान र पूर्ण हात धुने कार्यबाट हुने फाइदाहरुका बारेमा छलफल गरेर शुरु गरिएको कार्यक्रमका सहभागीहरुको ¥यालीले डुम्रेनी गाउँ परिक्रमा गरी हात धुने स्थान बनाउन स्थानीयहरुलाई उत्प्रेरित गर्नुका अतिरिक्त बनेको हात धुने स्थानहरुको प्रयोग बारेको अनुगमन पनि गरेको थियो ।

सो क्रममा माइकबाट समेत हात धुने अभियानमा सहभागी हुन र घरघरमा कम्तिमा पनि टुटीसहितको हात धुने स्थान बनाएर पूर्ण रुपमा हात धोइ पालिकाको अभियानलाई सफल बनाउन अनुरोध गरिएको थियो । कार्यक्रममा पालिकाको यो अभियानमा प्राबिधिक सहयोग गरिरहेका गेरुवा ग्रामीण जागरण संघ र तेर दे जेम्सका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

Previous articleफिल्म ‘लाखे’को आइटम ट्रयाक सार्वजनिक
Next articleदशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here