शहरी विपद् तथा भूकम्पीय पूर्वतयारीका लागि तालिम

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँकेको आयोजनामा २ दिने खोज तथा उद्धार तालिम नेपालगंजमा बुधबार बाँकेमा सम्पन्न भएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएनओमनको साझेदारीमा नेरेसो बाँके शाखाद्वारा नेपालगञ्ज उपमहानगरपालिकासंगको समन्वयमा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना अन्तर्गत नेपालगंज उपमहानगरपालिका वडा नं.३ र ७ का ३१ जनाको सहभागितामा आधारभूत खोज तथा उद्धार तालिम सम्पन्न भएको थियो ।

उक्त तालिममा अवस्थाको विश्लेषण, सामुदायिक खोज तथा उद्धार विधि, उपकरणको प्रयोग, आगो नियन्त्रण विधि, पानीजन्य आपतकाल लगायत भूकम्पबाट हुने सम्भावित जोखिमको बारेमा शैद्धान्तिक तथा व्यवहारिक ज्ञानवारेमा प्रशिक्षण दिएको थियो ।

शसस्त्र प्रहरी वल शम्शेरगंजका प्रहरी निरीक्षक विशाल पाण्डेले संयोजन गरेको तालिममा शसस्त्र प्रहरी सहायक निरीक्षक थिर बहादुर विक, रेडक्रस बाँके शाखाका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा र शुशिल चौधरीले सहजिकरण गर्नुभएको थियो ।

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका उपमन्त्री तेजबहादुर सुवेदी, नेपालगंज उपमहानगरपालिकाका विपद् फोकल पर्सन प्रकाश डिसी, युनिसेफ नेपालका प्रतिनिधि नरेश निदाल लगायतको उपस्थिति रहेको थियो ।

Previous articleदशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने
Next articleआर्मीले उचाल्यो राष्ट्रिय खेलकुदको ट्रफी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here