नेपालगञ्ज आउँदै गरेको हायस दुर्घटना, चालकसहित चार जना घाइते

दाङ । दाङमा भएको हायस दुर्घटनामा परी चार जना घाइते भएका छन् ।

बुधबार दिउँसो साढे ३ बजे तुलसीपुर उपमहानगरपालिका-१३ भञ्ज्याङमा दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुर्घटनामा परी चार जना घाइते छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।

नेपालगञ्जका चालक २७ वर्षीय राजन बिक, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नं १३ सितलपुरका २६ वर्षीय नारायण कुँवर, तुलसीपुर–१६ की ५५ वर्षीया सरिता बस्नेत, दंगीशरण गाउँपालिका वडा नं. १ का ५३ वर्षीय टोपेन्द्रबहादुर बिष्ट घाइते हुनुभएको हो ।

अन्य सबैको उपचार तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा जारी छ । गम्भीर घाइते चालक बिकलाई भने थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्जतर्फ जाँदै गरेको रा १ ज ७९२ नम्बरको हायस दिउँसो साढे ३ बजेतिर अनियन्त्रित भई तुलसीपुर–१३ भञ्ज्याङमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको हो ।

Previous articleआर्मीले उचाल्यो राष्ट्रिय खेलकुदको ट्रफी
Next articleनेपालमा डेङ्गीको नयाँ सेरोटाइप पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here