जानकीमा बाढी प्रभावितलाई राहत बितरण शुरु

मानपुर । बाँकेको जानकी गाउँपालिकाले बाढी प्रभावित परिवारलाई राहत स्वरुप खाद्यन्न सामाग्री बितरण शुरु गरेको छ ।

पालिका कार्यालयले बाढीका कारण प्रभावित हुन पुगेका परिवारलाई शनिबारदेखि राहत स्वरुप खाद्यन्न सामाग्री बितरण शुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष छब्बन खाँ, वडा नं २ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, वडा नं ५ का वडा अध्यक्ष टिकानाथ थादव, कार्यपालिका सदस्य, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, मिलाप संस्थाका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सुनारको उपस्थितिमा उक्त राहत बितरण कार्यको शुरुवात गरिएको विपद तथा वातावरण व्यवस्थापन संयोजक राजेन्द्र सिंहले जानकारी दिनुभयो ।बाढी तथा डुवान प्रभावित क्षेत्र १ र २ नम्बर वडाका पिडित परिवारहरुलाई मिलाप, आइ एन एफ र अष्ट्रेलियन एडको संयुक्त सहकार्यमा खाद्य सामाग्री राहतमा वितरण थालिएको जनाइएको छ ।

राहत कार्यमा नेपाल रेडक्रस सोसाईटी जानकी उपशाखाले गैरखाद्य सामाग्री त्रिपाल सहयोग गरेको छ । यस बाहेक जानकी गाउँपालिकाले अन्य वडामा प्रभावित भएका परिवारलाई राहत बितरण गर्ने जनाएको छ ।

जानकीमा यस वर्ष एक सय ८८ वटा घरमा पूर्ण क्षति भएको छ भने पाँच सय ९८ वटा घरमा आंशिक क्षति भएको स्थानीय वातावरण तथा बिपद् व्यवस्थापन शाखाले जानकारी दिएको छ ।

Previous articleसंचालित एस.आई.पि निर्माण सम्बन्धि तीन दिने तालिम समापन
Next articleमाता बागेश्वरी नगरीमा भव्य रुपमा मनाइयो महादिपोत्सव (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here