
शिवराज साहु, नेपालगञ्ज । माता बागेश्वरी नगरी नेपालगञ्जमा द्वितिय ११ हजार दीप प्रज्वलन गर्दै दीपोत्सव मनाइएको छ ।
बागेश्वरी मन्दिर परिसरमा अघिल्लो वर्षको कार्यलाई निरन्तरता दिँदै शनिबार एकैपटक ११ हजार दीप प्रज्वलन गरेर दीपोत्सव मनाइएको हो । गतवर्ष ११ हजार एक सय ११ दीप प्रज्वलन गरिएको थियो ।
दीपोत्सव कार्यक्रममा भब्य रुपमा मनाइएको हो । जय श्री सियाराम युवा क्लबको आयोजनामा दीपोत्सव गरिएको क्लबका अध्यक्ष अध्यक्ष सुशिल साहूले जानकारी दिनुभयो । (फोटो फिचर)

















