
खजुरा । बाँकेको खजुरा गाउँपालिकाका बिद्यालयहरुका लागि संचालन गरिएको बिद्यालय सुधार योजना निर्माण सम्बन्धि तीन दिने तालिम शनिबार सकिएको छ ।
बिभिन्न बिद्यालयहरुका लागि गत बिहीबारदेखि संचालन गरिएको तीन दिने बिद्यालय सुधार योजना (एस आइ पी) निर्माण सम्बन्धि तालिम शनिबार एक समारोहकाबीच सम्पन्न गरिएको हो ।
समापन कार्यक्रममा खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल, सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेका निमित्त अध्यक्ष कृष्ण गिरी, लगायतको उपस्थितिमा तालिमको समापन गरिएको गरिएको थियो ।
खजुरा गाउँपालिकाको समन्वयमा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा स्याक नेपालद्धरा खजुरामा सिकाई परियोजना संचालनमा रहेको छ । परियोजनाले खजुराको शैक्षिक गुणस्तर सुधारका लागि बिभिन्न कार्यहरु गर्दै आएको छ ।
सिकाई परियोजना अन्तर्गत नै यो तीन दिने तालिमको पनि आयोजना गरिएको र शनिबार सकिएको स्याक नेपालका सुपरभाइजर रज्जब अलि बागवानले जानकारी दिनुभयो ।






