लक्ष्मी पुजाकै दिन तीन फर्निचर उद्योगमा एकैसाथ आगलागी

दाङ । दाङको घोराहीमा फर्निचर उद्योग र सो रूमहरूमा आगलागी हुँदा करोडौंको क्षति भएको छ।

बिजुली सर्ट हुँदा सोमबार मध्यरातमा आगो लागेको थियो। घोराही उपमहानगरपालिका १५ उमेशमार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा एकै साथ आगो लागेपछि स्थानीय त्रसित बनेका थिए ।

आगलागीबाट तीन फर्निचर उद्योग, एउटा सो रूम पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘न्यू दाजुभाइ फर्निचर उद्योग, दाजुभाइ फर्निचर उद्योग, स्टार दाजुभाइ फर्निचर उद्योगका साथै ओम प्रकृति सो रूमममा आगलागी भएको हो ।

आगलागीबाट झन्डै ६ करोड ६८ लाख क्षति भएको अनुमान गरिएको एसपी वलीले जानकारी दिनुभयो । पहिला कुन उद्योगबाट आगलागी भएको हो भन्ने टुंगो लागि नसकेको र अनुसन्धान जारी रहेको एसपी वलीले बताउनुभयो ।

राति करिब १२ बजेतिर लागेको आगो लागेको भए पनि प्रहरीलाई १ बजेतिर मात्रै भएको एसपी वलीले जानकारी दिनुभयो ।

बिहान साढे ४ बजेतिर मात्रै आगो नियन्त्रणामा आएको थियो । आगो नियन्त्रण लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय रातभर खटिएका थिए ।

आगो नियन्त्रणमा लिन जिल्लाभरका वारूण यन्त्र प्रयोग गरिएका थि ए। जिल्ला सदरमुकाम घोराही भएको आगजनी नियन्त्रणमा लिन घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाबाट समेत दमकल ल्याइएकाको थियो । त्यसका साथ आसपासमा खन्न र जेसिबीहरू पनि प्रयोग गरिएको एसपी वलीले बताउनुभयो ।

‘प्रहरीको सक्रियताले थप दुई करोड भन्दा क्षति जोगियो,’ उहाँले भन्नुभयो, ‘जिल्लामा उपलब्ध सबै दमकल, जेसिबी र सम्पूर्ण प्रहरी एकै साथ घटनास्थल खटाएपछि आगो नियन्त्रणमा लिन सम्भव भएको हो ।’

यसैबीच गएराति भएको आगलागीका पीडितलाई राहत उपलब्ध गराउने उद्देश्यले दुई लाखको कोष स्थापना गरिएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको मंगलबार बिहानै बसेको आकस्मिक बैठकले आगलागीबाट क्षति पुगेका उद्योगी तथा व्यवसायीलाई राहत दिन संघले २ लाखको कोष स्थापना गर्ने निर्णय गरेको संघका अध्यक्ष टंकसिह बुढाथोकीले जानकारी दिनुभयो ।

कोषमा सहयोग रकम जम्मा गर्न सम्पूर्ण उद्योगी, व्यवसायी तथा सहयोगी सबैमा संघले अनुरोध गरेको छ ।

Previous articleआज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण, के गर्ने के नगर्ने ?
Next articleवृद्ध बाबुआमाको कथामा लघु चलचित्र ‘धुकधुकी’ सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here