
नेपालगञ्ज । एक्सप्रेस सिटी न्यूज डटकमका प्रधानसम्पादक अमित गुप्तामाथि सांघातिक आक्रमण भएको छ ।
समाचार सम्बन्धि रिर्पोटिङ्ग गर्ने क्रममा नेपालगञ्जका स्थानीय समेत रहनुभएका गुप्तामाथि ज्यानमारा आक्रमण भएको हो ।
सामुहिक रुपमा भएको गुप्ता माथि भएको आक्रमणको घट्नाप्रति एक्सप्रेस सिटी मिडिया हाउस प्रालिले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
गत कार्तिक १० गते बिहान करिब ११ बजे बिहीबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१७ नन्दई गाँउ नजिकै तस्किरी भईरहेको जानकारी अनुसार प्रधानसम्पादक गुप्ता रिर्पोटिंगमा पुगेका बेला पछाडिबाट सामुहिक आक्रमण भएको मिडिया हाउसका निर्देशक रामदिन तेलीले जानकारी दिनुभयो ।
गुप्तामाथि करिब ६ जनाको समुहले ज्यान मर्ने गरि कुटपिट गरी घाइते बनाएका थिए । कुटपिट गर्दा सम्पादक गुप्ताद्धारा खिचिएका फोटाहरु डिलिट गरेर मोबाइल समेत फुटाई दिएका छन । गुप्ताको हात भाचिएको छ भने अन्य शरीरका विभिन्न अंगमा निलडाम बसेको छ ।
नाजुक अवस्थामा पुगेका गुप्तालाई उपचारका लागि भारतको बहराईच लगिएको थियो भने हाल गुप्ता बेडरेस्टमा रहेको मिडिया हाउसले जनाएको छ ।
प्रधानसम्पादक गुप्ताले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा यस्तो जघन्य अपराधिक गतिविधिमा संलग्न आरोपीहरुलाई यथाशिघ्र कानुनी दायरामा ल्याई स्वतन्त्र पत्रकारिताको प्रत्याभुत गराउन सम्बन्धि निकाय समक्ष मिडिया हाउसले माग गरेको छ ।






