आज गुरु नानकको जन्मजयन्ती मनाइँदै

नेपालगञ्ज । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ ।

गुरुनानकको जन्म विक्रम सम्वत् १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेबुको रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उहाँले गराउनुभयो ।

गुरु नानक जयन्तीका अवसरमा पशुपतिमा रहेको राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेब’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिनुभयो ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुनानक जयन्तीको अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण सिख धर्मावलम्बीलाई सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

Previous articleट्राफिक नियम पालना नगर्ने २० वटा स्कुल बस कारबाहीमा
Next articleनिर्वाचन आचार संहिता पालनामा खवरदारी गर्ने प्रतिवद्धता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here