
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकाल्नुभएको छ ।
काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकाल्नुभएको हो ।
भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गर्नुभयो । गगन थापाले २१ हजार ३०२ मत पाउनुभयो भने नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले १३ हजार ८५५ मात्र मत ल्याउनुभयो ।
०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गर्नुभएको थियो । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा हुनुुहुन्थ्यो । तर ३२ सय मतान्तरले थापाले जित्नुभएको थियो । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाउनुभएको छ ।
०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गर्नुभएको थियो । ०६४ मा थापा समानुपातिक सांसद हुनुहुन्थ्यो ।
३१ वर्षे उमेरमै समानुपातिक सांसद रहनुभएका थापा लगत्तै कांग्रेस केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । अहिले उहाँ कांग्रेस महामन्त्री हुनुहुन्छ ।





