८७२ वटा अनधिकृत होडिङ वोर्ड र फल्यास वोर्ड हटाइयो

काेहलपुर । कोहलपुर नगर प्रहरीले कोहलपुर क्षेत्रका ८७२ वटा अनधिकृत होडिङ वोर्ड र फल्यास बोर्ड हटाएको छ ।

नगर क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गको छेउछाउमा राखिएका त्यस्ता अनधिकृत र मापदण्ड विपरीतका होडिङ वोर्ड तथा फल्यास बोर्डहरु हटाइएको हो ।

विज्ञापन प्रयोजनका लागि नगरपालिकाको स्वीकृतबिना राखिएका विभिन्न संघसंस्थाका २२० वटा होडिङ वोर्ड र ६५२ वटा फल्यास वोर्डहरु हटाइएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो ।

केहीलाई जरिवाना समेत गरिएको नगर प्रहरी प्रमुख थापाले बताउनुभयो । ‘कोहलपुर नगर क्षेत्रभित्रका अनधिकृत तथा मापदण्ड विपरीतका सबै होडिङ वोर्ड तथा फल्यास वोर्डहरु हटाइएको छ थापाले भन्नुभयो-‘अनधिकृतरुपमा होडिङ वोर्ड राख्नेलाई कारवाहीको दायरामा समेत ल्याएको छौं ।’

उहाँका अनुसार अहिलेसम्म २० हजार ५ सय रुपैयाँ जरिवाना अशुल गरिएको छ । गर प्रहरीको नियन्त्रणमा रहेका ती होडिङ वोर्डहरु जरिवाना गरेर सम्बन्धित निकायलाई बुझाउने काम समेत भइरहेको पनि थापाले बताउनुभयो ।

अहिलेसम्म ४१ वटा होर्डिङ बोर्ड सम्बन्धित धनीले जरिवाना तिरेर लगिसकेका छन् । नगरपालिकाको नियन्त्रणमा रहेका होर्डिङ बोर्ड र फल्यास वोर्डहरु जरिवाना तिरेर लैजान ७ दिने सूचना जारी गरेको छ ।

यदी ७ दिनभित्र लिन नआएको खण्डमा नगरपालिकाले कानुन अनुसार लिलामी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments