हँसिया प्रहार गरेर एक जनाको हत्या

धनगढी । कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ भने अर्का एकजना गम्भीर घाइते छन् । कैलालीको जोशीपुर गाउँपालिका-६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

हँसिया प्रहारबाट गम्भीर घाइते हुनुभएका भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

हँसिया प्रहारबाट अर्का ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते हुनुभएको छ । उहाँको टिकापुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ ।

मृतकका भिनाजु नाता पर्ने सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले उहाँहरुमाथि हँसिया प्रहार गरेको प्रहरीले जनाएको छ । ढुङ्गानाको खोजी कार्य भइरहेको छ ।

Previous articleएमाले नेता विष्णु पौडेलविरुद्ध सर्वोच्चमा मुद्दा दायर
Next articleअर्जेन्टिनाका उपराष्ट्रपति भ्रष्टाचारको आरोपमा दोषी ठहर, ६ वर्षको जेल सजाय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here