अज्ञात समूहकाे गोली प्रहारबाट सुनचाँदी व्यवसायी घाइते

सांकेतिक तस्बिर

जनक बिष्ट
कैलाली । कैलालीको अत्तरियामा अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् ।

आइतबार साँझ साढे ६ बजे मोटरसाइकलमा आएका नचिनेका मानिसहरुले गोली चलाउँदा एक जना घाइते भएको इलाका प्रहरी कार्यालय कैलाली अत्तरियाका डीएसपी रविन्द्र पाण्डेले जानकारी दिनुभयाे ।

डीएसपी रविन्द्र पाण्डेका अनुसार न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम घाइते हुनुभएको छ ।

उहाँको अस्पतालमा उपचार भइरहेको छ भने गोली चलाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Previous articleअर्जेन्टिना तेस्रोपटक विश्वपको उपाधि जित्न सफल
Next articleअफगानिस्तानमा ट्याङ्कर विस्फोट हुँदा १९ जनाको ज्यान गयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here