बबई नदीको पानी लिफ्टिङ गर्ने कार्य शुरु

दाङ । दाङको तुलसीपुरमा बबई नदीको पानी लिफ्टिङ गर्ने काम अघि बढेको छ । यसका लागि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यालय परिसरमा भूमिगत पानी ट्याङ्की निर्माणको काम सुरु भएको हो ।

कुल ५६ करोड ८० लाख २४ हजार ६ सय ३० लागतमा बबई लिफ्टिङको काम अघि बढेको हो । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीले सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ता रु ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम बढेको बताउनुभयो ।

जसमा सरकारले रु ३८ करोड ८३ लाख, १७ हजार २ सय ४१ र उपभोक्ताले रु १७ करोड ७ लाख ३ सय ८८ खर्च हुनेछ । उपभोक्ताका तर्फबाट अहिले ५ प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण ल्याएर काम अघि बढाइएको छ । नगर विकास समितिबाट रु १४ करोड २२ लाख ५६ हजार १ सय ५८ ऋण लिएको र बाँकी रु २ करोड ८४ लाख ५१ हजार २ सय ३१ उपभोक्ताले तिरेका छन् ।

तुलसीपुर–अमिलिया सडकको बबई पुलदेखि पूर्वपट्टी ३ वटा सम्पवेल (इनारजस्तै पानी संकलन गर्ने प्रविधि) निर्माण हुनेछ । त्यसको ३ सय मिटर उत्तरमा ट्रिटमेन्ट प्लान बन्नेछ ।जहाँ ‘र्‍यापिड स्यान्ड फिल्टर’ दुई वटा सितलपुरमा र ‘मल्टी ग्रेड प्रेसर फिल्टर’ ६ वटा निर्माण हुनेछन् । ‘मल्टी ग्रेड फिल्टर’ ट्याङ्की निर्माण हुने स्थानमा बन्नेछ ।

त्यस्तै सीतलपुरमा आरभिटी कलेक्सन चेम्बर ५०० घन मिटर, इन्टर मिडियट आरभिटी टकी संतनिरङकारी नेर ३०० घनमिटर, प्रदेश प्रहरी कार्यालय नजिक इन्टर मिडियट आरभिटी ३०० घन मिटर बन्नेछ । त्यस्तै चारवटा ओभरहेड ट्याङकी निर्माण हुनेछन् । शिखर कोलेनीमा ४५० घनमिटर, झुमरेमा ४५० घनमिटर, मोतिपुरमा २२५ घनमिटर, इन्द्रनगरमा ४५० मिटर घनमिटर ओभरहेड ट्याङ्की पनि निर्माण हुनेछन् ।

दुईवटा अन्डर ग्राउन्ड ट्याङ्की निर्माण हुनेछन् । त्यस्तै डुम्रीगाउँमा ६०० घनमिटर र खानेपानी कार्यालय परिसरमा ३०० घनमिटर अन्डरग्राउन्ड टंकी निर्माण हुनेछन् । त्यस्तै प्रशारण पाइपलाइन २८ दशमलव ३१५ किलोमिटर हुनेछ भने पानी वितरण गर्ने पाइप १२५ दशमलव ७५२ किलोमिटर लम्बाइको हुनेछ । साथै ७ वटा सुरक्षागार्ड हाउस र १० वटा पम्प हाउस पनि निर्माण हुनेछन् ।

बबई लिफ्टिङबाट डिपबोरिङमार्फत् प्रतिसेकेन्ड ६०÷६० लिटर पानी आपूर्ति गर्न सकिनेछ । त्यस्तै ६ वटा डिपबोरिङ निर्माण हुनेछन् । गोलौरा, सन्तनिरंकारी भवन नजिक, खानेपानी संस्थाको कार्यालय परिसर, सीप बिकास कार्यालय नजिक, इन्द्रनगर र पहिलेको संघीय प्रहरी कार्यालय गरी विभिन्न ६ स्थानमा डिपबोरिङ निर्माण गरिनेछ । जसबाट प्रतिसेकेन्ड ४० लिटर पानी आपूर्ति रिनेछ ।

तुलसीपुर खानेपानी अन्तर्गत हालसम्म ८ हजार २ सय २६ धारा छन् । तर, बबई लिफ्टिङको काम पूरा भएमा पाँच हजार पाँच सय धारा थप हुनेछन् । हाल तुलसीपुर खानेपानीका मुलकोट, राम्री, चिसापानी, धैरनी, बाख्रे, छरछरे, पहर र लाहुरेचौर गरी आठ वटा ग्राभेटी मुहान छन् ।

त्यस्तै कार्यालय परिसरमा डिपबोरिङ, डुम्रीगाउँ, रजौरा, विमानस्थल, साविक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, रेडक्रस परिसरमा भूमिगत मुहान स्रोत छन् । त्यस्तै रानीजरुवा, पातुखोला र रानीघाटमा सम्पवेल मुहान छन् ।

तुलसीपुरको खानेपानी परिसरमा निर्माण हुन लागेको अण्डरग्राउण्ड ट्याङ्कीको उद्घाटन गर्दै उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले परियोजना निर्माणपछि यहाँको खानेपानी समस्या दीर्घकालका लागि समाधान हुने बताउनुभयो ।अनलाईनखबरबाट

Previous articleअफगानिस्तानमा ट्याङ्कर विस्फोट हुँदा १९ जनाको ज्यान गयो
Next articleनेपालगञ्ज नाकाको हेल्थ डेस्कका १९ जना कर्मचारी कामविहीन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here