नेपालगञ्जमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नेपालगञ्ज । ट्रकको ठक्करबाट बाँकेको नेपालगञ्जमा आज एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्जको न्यूरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो ।

दैलेखको नारायण नगरपालिका–५ का १८ वर्षीय तेजन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिनुभयो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

Previous articleफरक-फरक विचारबीच पनि मेलमिलाप आवश्यक : सहमहामन्त्री राठौर
Next articleलुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here