
नेपालगञ्ज । नेपालगन्ज इलेक्ट्रोनिक्स् एसोशिएसन (NEA) बाँकेको आयोजनामा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।
वाडा नम्बर ८ टागास्टेशनस्थित किन्नुराम काशिराम कशौधन वैश्य पन्चायती धर्मशालामा (NEA) बाँकेका अध्यक्ष विष्णु जोशीको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथी नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, विशिष्ठ अतिथी कशौधन वैश्य समाज नेपालगन्जका अध्यक्ष नन्दलाल वैश्यको उपस्थितिमा संचालन भएको थियो ।
कार्यक्रममा (NEA) बाँकेका पुर्व अध्यक्षद्वय चोलराज श्रेष्ठ, चिरञ्जीवी ओलि, बाँके निर्माण ब्यावसायी संघका अध्यक्ष टेक बहादुर खड्का, अग्रज ब्यावसायी दत्तप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।
(NEA) सचिव सत्यनारायण बैश्यले संचालन गरेको उद्घाटन कार्यक्रममा उपाध्यक्ष सैयद जहाँगिरले स्वागत गर्नुभएको थियो । निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर गौरव सुवेदी, छाला तथा योनरोग विशेषज्ञ डा.अनिशा उप्रेती, हाडजोर्नी, नशा तथा वाथरोग विशेषज्ञ डा. सैयद सद्दाम र इमर्जेन्सी मेडिसिन विशेषज्ञ डा.सलमान निजामले बिरामीको चेकजाँच गर्नुभएको थियो ।
चिरायु डाइग्नोष्टिकले निशुल्क प्याथोलोजी सेवा प्रदान गरेको थियो । कार्यक्रममा १३५ जनाभन्दा बढी व्यक्तिलाई स्वस्थ्य परिक्षण गरि आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको (NEA) बाँकेका अध्यक्ष बिष्णु जोशीले जानकारी दिनुभयो ।





