
काठमाडौं । आइतबार पोखरामा दुर्घटनाग्रस्त बनेको यती एअरलाइन्सको विमानका चार जना बेपत्ता यात्रुको शव फेला परेको छ ।
आइतबार साँझसम्म खोजी गर्दा विमानमा सवार ७२ जनामध्ये ६८ जनाको शव फेला परेको थियो । राति परिसकेकाले चार जना अज्ञात थिए ।
तर, सोमबार बिहानैदेखि सशस्त्र प्रहरी बलको गोताखोरको र रेस्क्यू टिमले चारवटा शव फेला पारेको हो। फेला परेका शव गण्डकी अस्पताल पठाइएको छ।
आइतबार काठमाडौंदेखि पोखराका लागि उडेको यती एअरलाइन्सको विमान पोखराको सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।
चालक दलका चार जना र ६८ यात्रु उक्त विमानमा थिए । जसमा १५ जना विदेशी र ५३ जना नेपाली यात्रु थिए ।





