नेपालगञ्ज महोत्सवमा पहिलो पटक कुस्ती

नेपालगञ्ज । नेपालगञ्जमा संचालन भएका महोत्सवमा पहिलो पटक कुस्ती प्रतियोगिता राखिएको छ । यही माघ १० गतेदेखि शुरु भएको नेपालगञ्ज महोत्सवमा शनिबारदेखि कुस्ती प्रतियोगिता शुरु भएको हो ।

कारकादोस्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको पाँचौ दिन अर्थात माघ १४ देखि कुस्ती प्रतियोगिता शुरु गरिएको छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले रिवन काटेर प्रतियोगिताको उद्घाटन गर्नुभएको प्रचारप्रसार समिति संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिनुभयो ।

जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतको सहभागिता रहनेछ । कुस्ती प्रतियोगिता माघ १८ गतेसम्म हुनेछ । पहिलो पटक प्रत्यक्ष कुस्ती हेर्न पाउँदा दर्शक निकै उत्साहित देखिएका छन । कुस्ती प्रतियोगिता हेर्नेको भिड नै लागेको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा.लि.को संयुक्त आयोजनामा शुरु भएको महोत्सव माघ २४ गतेसम्म चल्नेछ ।

Previous articleमहोत्सवको मुख्य आकर्षण केन्द्र बन्दै “थारु गाउँ”
Next articleमहोत्सवमा आज चर्चित भोजपुरी गायकको प्रस्तुति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here