महोत्सवमा आज चर्चित भोजपुरी गायकको प्रस्तुति

नेपालगञ्ज । नेपालगञ्जमा जारी महोत्सवमा आज आइतबार चर्चित भोजपुरी गायक राजा भोजपुरिया लगायतका कलाकारको प्रस्तुति रहने भएको छ ।

कारकादोस्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको छैठौं दिन अर्थात माघ १५ गते आइतबार भोजपुरी गायक राजा भोजपुरिया, गायिका रचना रिमाल, गायक शुकदेव अधिकारीको प्रस्तुति रहने प्रचारप्रसार समिति संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिनुभयो ।

महोत्सवमा स्थानीय कलाकार गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ भने कार्यक्रमलाई प्रेरणा गिरीले संचालन गर्ने जनाइएको छ । शनिबार पाँचौ दिन चर्चित डान्सर रुबिना अधिकारी, गायक चक्र बम र गायिका टिका सानु २५ हजार बढी दर्शकको भिडलाई नचाउनुभएको थियो । त्यस्तै शनिबारदेखि नै पहिलो पटक महोत्सवमा कुस्ती प्रतियोगिता पनि शुरु भएको छ । यस बाहेक महोत्सवमा थारु गाँउ, होमस्टे, थारु परिकारहरु, बाल उद्यान, स्टल, मनोरञ्जन, खेलहरुबाट पनि दर्शक रमाईरहेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा.लि.को संयुक्त आयोजनामा शुरु भएको कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव माघ २४ गतेसम्म संचालन हुनेछ ।

Previous articleनेपालगञ्ज महोत्सवमा पहिलो पटक कुस्ती
Next articleकुष्ठरोग विरुद्धको दिवस: १६ जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here