नेपालगञ्जमा टिकटक मिट हुँदै

प्रतिकात्मक तस्बिर

नेपालगञ्ज । नेपालगञ्जका टिकटकहरुले नेपालगञ्जमा टिकटक मिट कार्यक्रम गर्दैछन् । नेपालगञ्जको होटेल सामर्थ इनमा उक्त कार्यक्रम गर्न लागेका हुन ।

कार्यक्रममा सहभागिताका लागि जिल्लाका सबै टिकटकरलाई उपस्थितिका लागि अनुरोध समेत गरिएको छ ।

टिकटक युसरहरुबीच परिचय हुने तथा टिकटकबाट कसरी आयआर्जन गर्न सकिने जस्ता कुरामा छलफल गरिने जनाइएको छ ।

साथै कार्यक्रममा बाँकेमा रहेको कलाकारहरुले आआफ्नो नृत्य, गीत र गजलको प्रस्तुति पनि रहनेछ । कार्यक्रम आज दिउँसो १:३० देखि ४:३० सम्म रहनेछ ।

Previous articleनरैनापुरको मियापूर्वामा धार्मिक मेला शुरु, मन्त्री नमूना र गापा अध्यक्ष शाहद्धरा उदघाटन
Next articleपूर्व विद्यार्थी समाजको स्वास्थ्य शिविरमा विशेषज्ञ सेवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here