
खजुरा । बाँकेको खजुरास्थित जनता मा.वि.सन्तकुटी खजुराका पूर्व विद्यार्थी समाजले स्वर्ण जयन्तीको अवसरमा स्वास्थ्य शिविर संचालन गरेको छ ।
शिबिरमा बोल्दै खजुरा गाँउपालिकाका अध्यक्ष डम्वर वहादुर विकले पूर्व विद्यार्थीहरुले आफ्नो विद्यालयमा आयोजना गरेको कार्यक्रमको सराहना गर्नुभयो ।
पूर्व विद्यार्थी समाजका सल्लाकार एवं शिबिरका संयोजक डा.पिताम्वर सुवेदीको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो । संयोजक सुवेदीले यसरी आफुले अध्ययन गरेको विद्यालयमा स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको र आफु समाजको सकारात्मक कार्यमा जहिले पनि संगै हुन तयार रहेको बताउनुभयो ।
समाजका सल्लाकार दिल वहादुर पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा समाजका अध्यक्ष झविलाल शर्माले कार्यक्रमको उदेश्य माथि प्रकास पार्नुभएको थियो ।
सो क्रममा बोल्दै अध्यक्ष शर्माले पूर्व विद्यार्थीहरुले स्वास्थ्यको माध्यमबाट आफुले अध्ययन गरेको विद्यालयमा आफ्नो दायित्व निभाउन र विद्यार्थीहरुलाई विद्यालयप्रति जिम्मेवार वनाउन यो कार्यक्रम गरिएको बताउनुभयो । साथै यस्ता कार्यक्रमले स्वास्थ्यको सचेतना फैलाउने पनि उहाँको धारणा थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केयरसिंह थापाले पूर्व विद्यार्थीहरुको यो उत्साहले आफुहरुलाई थप बल पुगेको वताउनुभयो । समाजले गरेको शिविरमार्फत नाक, कान, चर्म रोग, जनरल चेकजाच, बालरोग र आखाँ सम्बन्धि विशेषज्ञ सेवा प्रदान गरिएको थियो ।
शिबिरमा डा.पिताम्वर सुवेदी, डा.प्रचण्ड गौतम, डा.संकेत रिसाल, डा.आ.के.झा, डा. खगेन्द्रजंग शाह लगायतका विशेषज्ञ डाक्टहरुबाट स्वास्थ्य सेवा प्रदान गरिएको थियो भने डा.पुरुषोत्तम बर्मा, मेडिकल अफिसरहरुबाट सेवा प्रदान गरिएको थियो । शिबिरमार्फत ५१० जनाले सेवा लिएका छन् ।
शिबिरका लागि आवश्यक मेडिसिनहरु पूर्व विद्यार्थीहरु कार्यरत कम्पनीबाट निःशुल्क सहयोग भएको र जनता मा.वि.मा कार्यरत पूर्व विद्यार्थी डा.प्रचण्ड गौतम, विकास दहाल, विष्णु देवकोटा, प्रेम खरेल लगायत ब्रिनोज कान स्वास्थ्य स्यार केन्द्रका पुरन थारु, डा.अजय वैश्य, स्वास्थ्यकर्मी प्रसिद्ध ढकाल र खजुरा गाउँपालिकाबाट औषधी प्राप्त भएको थियो ।
कार्यक्रममा विद्यालयका प्र.अं महेन्द्र खत्री, पूर्व विद्यार्थी समाजका पधादीकारी एवं सदस्यहरु, मेडिकल अफिसर डा. पुरुषोत्तम वर्मा लगायतका स्वास्थ्यकर्मीहरु लक्ष्मी केसी, सुदिप पौडेल, खडानन्द भट्टराइ, नकुल थापा, प्रसिद्ध ढकाल, अर्जुन सुनार, प्रचण्ड गौतम, तिर्थमान समेतको स्वास्थ्यकर्मीको टिमले सेवा प्रदानमा सहयोग गरेको थियो । पूर्व विद्यार्थी समाजका सचिव विवेक लामिछानेले कार्यक्रमलाई संचालन गर्नुभएको थियो ।





