काेराेना देखिएका नेपालगन्जका थप एक व्यक्तिको मृत्यु

सांकेतिक तस्बिर

बाँके । कोरोना संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका २१ का ५९ वर्षीया पुरुषको कोरोना संक्रमणका शनिवार राती साढे ११ कारण मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

भदौ २० गते स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएका ति पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

बिरामीलाई भदौ २१ गतेदेखि प्लाज्मा थेरापीविधिबाट उपचार गरिएको थियो ।

भदौ २५ गतेदेखि रेडमिसिभर औषधीसमेत चलाईएको र भदौ ३ गते साँझ साढे ५ बजे भेन्टिलेटर समेतको उपचार गरिएको भेरी अस्पतालले जनाएको छ ।

ति पुरुषको दुबै फोक्सोमा निमोनिया देखिएको र उपचारकै क्रममा मृत्यु भएको भेरी अस्पतालको सूचनामा उल्लेख छ ।

Previous articleसंविधान दिवसका अवसरमा बाँकेमा ४ जनाको कैद माफी
Next articleप्रभावकारी बन्दै ‘रेडियो स्कुल कक्षा’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here