राज्यशक्तिको वास्तविक स्रोत जनता मात्र : सहमहामन्त्री राठौर

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले राज्यशक्तिको वास्तविक स्रोत जनतामात्र भएको बताउनु भएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिनुहुँदै सहमहामन्त्री राठौरले मुलुकको सार्वभौमसत्ता जनतामै निहित हुनुपर्दछ भन्ने मान्यता नै सही अर्थमा प्रजातन्त्र भएको उल्लेख गर्नु भएको छ ।

मुलुकमा प्रजातन्त्र स्थापना भएको आज ७२ वर्ष पूरा भएको र प्रजातन्त्र कै जगमा लोकतन्त्र हुँदै हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आइपुगेको सहमहामन्त्री राठौरले स्मरण गर्नु भएको छ ।

प्रजातन्त्र दिवसको यस अवसरमा प्रजातन्त्र प्राप्तिका लागि योगदान र बलिदान गर्नेहरुप्रति उच्च सम्मान व्यक्त गर्दै प्रजातन्त्रको यो अभियानलाई निरन्तर परिस्कृत गर्दै लैजान आजको दिनले प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उहाँले गर्नु भएको छ ।

Previous articleशोषण र दमन अब सहदैनौं : केन्द्रीय अध्यक्ष शेष
Next articleराजेन्द्र बजगाँई : संगित जगतको दह्रो खम्बा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here