
हरि अधिकारी, खजुरा । २०४४ सालको चैत्र महिनामा साविक पिठुवामा जन्मेको ३ बर्षको उमेर नपुग्दै धार्मिक भजन कृतन मण्डपको अघिल्तिर श्रीकृष्णको स्वरुपमा चिटिक्क सिँगारिए सुरतालमा आफुभन्दा बढेमाको तबेला ठोक्ने बालक राजेन्द्र समयको ताल र चालमा निरन्तर बाँकटे हान्दै युवा सँगितकार मात्रै बन्नुभएको छैन वर्तमान सँगित जगतको दर्हो खम्बा बनेर उभिनुभएको छ ।
उहाँद्धारा सँगित भरिएको हरिवोल भजनले करोडको भियोर्स प्राप्त गरेको थियो भने आधुनिक, देशभक्ति, लोक पप, शास्त्रीय का साथै बाल, भजन, चलचित्रका गितहरु गरि भन्दा १८ सय भन्दा बढी श्रृजनामा सँगित भरिसक्नुभएका राजेन्द्र बजगाईँले नेपाली, हिन्दी, थारुका साथै भोजपुरी भाषामा समेत सँगित भरिसक्नुभएका युवा सँगितकार बजगाईँ आफैँ पनि गायक,रचनाकार तथा सँगित सँयोजक पनि हुनुहुन्छ ।
२०६४ सालबाट सँगितक्षेत्रलाई आफ्नो कर्मथलो मान्दै अनेक आरोहलाई सामना गर्दै भाग्यलाई भविष्यको जिम्मालगाएर बर्दियाली भूमीलाई आतेजाते मै सिमित राख्दै राजधानी हानिएका उनी शुरुवाति दिनहरु सम्झदै भन्नुहुन्छ, राजेन्द्र बजगाईँलाई सँगितकार राजेन्द्र बनाउन म माथि योगदान गरि सीप र ज्ञान द्वारा मलाई दिक्षित गराउनुहुने श्रदय गुरुहरु तिलक सिँ पेला, गुरुदेव कामत, चण्डीप्रसाद काफ्ले लगाएत सबै गुरु र सहयोगी र सहयात्री ज्यूहरु प्रति मेरो उच्च सम्मान छ ।
जिन्दगीको गतिसँगै अघिबढेको सँगितकार राजेन्द्र बजगाईँलाई दर्जनौं सम्मान र जिम्मेवारीले साईनो लगाएको छ । योगदानलाई सम्मानद्वारा कदर गरिएको राजेन्द्र को जिन्दगी जसै कला साहित्य र श्रृजनाको माध्यमबाट राजेन्द्रले समाजलाई गुन लगाउनथालेसंगै समाजले पनि उहाँले लगाएको सामाजिक सास्कृतिक गुनलाई कदर, सम्मान र जिम्मेवारी थपिदिएर गुन फर्काएर उहाँको जिन्दगीलाई सुगन्धमय बनाउन कन्जुस्याइँ गरेको छैन ।
२०७२ सालमै बर्दियाको कालिकाबाट प्राप्त गर्न शुरु गरेको कालिका म्युजिक अवार्डपछि निरन्तर उहाँ सम्मानित हुँदै बढ्दैहुनुहुन्छ । आफ्नै कर्म क्षेत्रमा जिनियस म्यूजिक अवार्ड २०७५, नेपाल म्युजिक तथा फेसन अवार्ड २०७७, विराट म्युजिक अवार्ड–२०७८ देखि क्वालिटी ईन्टरनेशनल अवार्ड, दोश्रो हिमालयन इन्टरनेशनल अवार्ड, दशौँ नेपाल अफ्रिका फिल्म फेस्टिवल २०२२, नेशनल क्यापिटल अवार्ड समेतबाट सम्मानित भैसक्नुभएका सँगितकार राजेन्द्र बजगाईँ सर्वात्कृष्ट आठौं नेशनल क्यापिटल अवार्ड ,परिवर्तन तारा सम्मान,राष्ट्रिय व्यक्तित्व तथा श्रष्टा सम्मान, राष्ट्रिय कलाकार सम्मान लगाएत थुप्रै सम्मानबाट सम्मानित भैसक्नुभएको छ ।
समाज सँगित र श्रृजनाको माध्यमबाट पुर्याउनुभएको योगदान प्रति सचेत हुदै थुप्रै संघसँस्थाको समेत जिम्मेवारी र आवद्ध श्रष्टा बजगाईँ बर्दियाली कलाकार समाज, सँगितकर्मी सँघ, रोयल्टी सँकलन समाज, गितकार सँघ नेपा, प्रस्तोता समाज नेपाल लगाएत थुप्रै सँस्थामा जिम्मेवारी समेत आवद्दता रहनुहुन्छ ।
एकान्तमा बस्छु म त, बजाउ बाँसुरीदेखि मुसुमुसु हाँसेर, ओ मेरो परान, चिनी अमिलो, मेरी डल्ली, फूल चोरसम्म आई पुग्दा करिव १८ सय भन्दा बढी सँगितमा शुर र ताल भरपसक्नु भएका सँगित साधक राजेन्द्र बजगाईँ नेपाली सँगित जगतको उज्ज्वल नक्षेत्र हुनुहुन्छ ।





