जसपाको छानबिन समितिले प्रतिवेदन बुझायो, १५२ जनासँग बयान

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालद्वारा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । शनिबार बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले आफ्नो प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको हो ।

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिइएको थियो । कारबाहीको सिफारिस गरिएकामध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ छन् ।

जसमध्ये ८० जनालाई कारबाहीको सिफारिस गरिएको छ । छानवीन समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगी स्थलगत प्रतिवेदन तयार पारेको हो ।

गैरभौगोलिक विशेष प्रदेश समितिका सदस्य पनि कारवाहीको लागि सिफारिस गरिएको छ ।​ शिवलाल थापा नेतृत्वको छानबिन समितिले आफूले जिम्मेवारी पाएको ४९ औँ दिनमा प्रतिवेदन हस्तान्तरण गरेको छ ।

Previous articleयुवा संघ नेपाल बाँके अध्यक्षमा ज्ञानेन्द्रराज ओली सर्वसम्मत चयन
Next articleनेबिसंघबाट महेन्द्र क्याम्पसमा प्रकाश कुँवरको चर्चा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here