नेबिसंघबाट महेन्द्र क्याम्पसमा प्रकाश कुँवरको चर्चा

नेपालगञ्ज । स्वतन्त्र बिद्यार्थी युनियन (स्वावियु) को निर्वाचन मिति नजिकिएसंगै क्याम्पसहरुमा बिद्यार्थीको चहलपहल ह्वात्तै बढेको देखिन्छ । देशभरका क्याम्पसहरुमा निर्वाचनलाई लिएर बिद्यार्थीहरुको सक्रियता बढेको देखिन थालेको हो ।

यही चैत्र ५ गते देशभर एकैसाथ स्वावियुको निर्वाचन मिति तय गरिएको छ । नेतृत्वका लागि स्ववियुको निर्वाचनमा होमिन पनि धेरै बिद्यार्थी नेताहरु लागिपरेका छन् । स्वावियु निर्वाचनको चहलपहल नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा पनि देखिन थालेको छ । बिद्यार्थीहरुको भेटघाटसहितको सक्रियता बढेको छ ।

बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी संघ, अनेरास्वावियु, अखिल क्रान्तिकारी लगायतका संगठनले दल दर्ता गरेका छन । दर्तासंगै अन्य संगठनले आफ्ना उमेदवार पनि टुङ्गो लगाई सकेका छन् । तर नेपाल बिद्यार्थी संघले अझैसम्म उम्मेदवारको टुंगो लगाएको छैन । नेतृत्वका लागि धेरैको चाहना भएका कारण उम्मेदवार चयन हुन नसकेको बुझिएको छ ।

संघले उम्मेदवार चयन गर्न नसकेपनि नेतृत्वका लागि प्रकाश कुँवर चर्चा रहेको पाइन्छ । कुँवर बलियो उम्मेदवारका रुपमा रहनुभएको छ । बिभिन्न संघ संस्था, सामाजिक अभियान तथा समाज हितको हरेक कार्यमा अग्रसर हुने कुँवरको नेतृत्व भए धेरै सहयोग पुग्ने बिद्यार्थीहरुको बुझाई छ ।

सामाजिक कार्यको अनुभव हुनुका साथै नेपालगञ्ज जेसिज, योगदान राष्ट्रको लागि लगायतका संस्थामा कुँवर सक्रिय हुनुहुन्छ । यसका साथै कोही कसैलाई सहयोग गर्न परे, दुःखी तथा समस्यामा परेकाहरुको उद्धार गर्ने जस्ता कार्यमा कुँवर सक्रिय हुनुहुन्छ ।

२०३० सम्म प्रत्येक वर्ष स्ववियू निर्वाचन हुँदै आएकोमा २०३६ देखि दुई/दुई वर्षमा स्वावियु निर्वाचन गराउन थालियो । २०७३ देखि मिश्रित निर्वाचन प्रणालीमा स्ववियू निर्वाचन भएको थियो । २०७३ मा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो ।

२०६५ सालयता भने यो चुनाव नियमित हुन सकेको छैन । २०६५ चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियू चुनाव भएको थियो । यो पटक त्रिविमा २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउने छन् ।

Previous articleजसपाको छानबिन समितिले प्रतिवेदन बुझायो, १५२ जनासँग बयान
Next articleबाँकेमा आजदेखि होली शुरु (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here