
नेपालगञ्ज । राष्ट्रिय युवा संघ नेपाल बाँकेको अध्यक्षमा ज्ञानेन्द्रराज ओली चयन हुनुभएको छ ।
नेपालगञ्जमा शनिबार संघ बाँके जिल्ला कमिटीको शनिबार सम्पन्न ९औं अधिवेशनबाट ओलीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।
संघको उपाध्यक्षमा मनोज बिक, सचिव रमेश मिजार, सहसचीवमा नारायण खनाल तथा सुनिल रसाइली र कोषाध्यक्षमा मुना कठायतको नेतृत्वमा ७५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन हुनुभएको छ ।





