पूर्व विद्यार्थी समाजको अध्यक्षमा झबिलाल शर्मा निर्वाचित

नेपालगञ्ज । श्री जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज सन्तकुटी खजुरा, बाँकेको शनिबार पहिलो साधारण सभा तथा कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ ।

स्थापनाको छोटो समयमा श्री जनता मा.वि.पूर्व विद्यार्थी समाजले विद्यालय संगको समन्वयमा विभिन्न गतिविधिहरु संचालन गर्दै आइरहेको छ । असोज ८ गते गठन गरिएको पूर्व विद्यार्थी समाजले शनिबार प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ ।

सासंद रत्न बहादुर खत्रीले आफु यस विद्यालयको विद्यार्थी भएकोमा सधै गर्व महशुस हुने गरेको र आफुले यो पूर्व विद्यार्थी समाज र विद्यालयलाई सधै सहयोग र साथ दिने वताउनुभयो । साथै थप सदस्यता विस्तार गरि यसलाई व्यापका वनाउन सुझाव दिनुभयो ।

कार्यक्रममा समाजको स्थापनाकालदेखि हालसम्मको प्रगति तथा आर्थिक प्रतिवेदन साथै आगामी आर्थिक वर्ष २०८०/०८१ को प्रस्तावित कार्यक्रम र वजेट पूर्व विद्यार्थी समाजका आजिवन सदस्य सभासदहरुको उपस्थितिमा छलफल गरि स्वीकृत र पारिक गरिएको थियो । कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तावित कार्यक्रम सचिव ई.विवेक लामिछाने र आर्थिक प्रतिवेदन र प्रस्तावित वजेट कोषाध्यक्ष ऋचालक्ष्मी श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।

पूर्व विद्यार्थी समाजका अध्यक्ष झविलाल शर्माको अध्यक्षतामा सम्पन्न सो साधारण सभाको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सासंद रत्न वहादुर खत्रीको उपस्थितिमा भएको कार्यक्रममा स्वागत मन्तव्य पूर्व विद्यार्थी समाजका सदस्य सचिव टंकनाथ दाहालले गर्नुभएको थियो ।

कार्यक्रममा खजुरा खेलकुद समितिका सदस्य सचिव छविलाल विष्ट, खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकी, समाजका सल्लाकार डा. पिताम्वर सुवेदी र लाल वहादुर खत्री, पूर्व विद्यार्थी एवं राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकास देवकोटा, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.इन्द्र भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केयर सिंह थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

खजुरा खेलकुद समितिका सदस्य सचिव छबिलाल विष्ठले पूर्व विद्यार्थीहरुको यस प्रकारको कामले समाज र दुरवेशनीमा लाग्ने युवा युवतीहरुलाई समेत सहिबाटोमा ल्याउन सक्ने विचार राख्नुभयो । खजुरा संरक्षणका अध्यक्ष प्रेम वुढाथोकीले यस प्रकारको समाजले समाजमा साचिकै सकारात्मक सन्देश दिने वताउनुभयो ।

सल्लाहकार डा.पिताम्वर सुवदी र लाल वहादुर खत्रीले यो पूर्व विद्यार्थी समाज हामी सवैको साझा चौतारी भएको र यसले सवैलाई समेट्ने वताउनुभयो । पूर्व विद्यार्थी ओम प्रकाश देवकोटाले हाम्रो यो सकारात्मक कार्यले भावी सन्ततिलाई सही मार्ग निर्र्देशन गर्ने वताउनुभयो ।खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.इन्द्र भण्डारीले यो समाजले राम्रो काम गर्दै उदाहरण प्रस्तुत गरेको र आगामी दिनमा थप क्षेत्र फराकिलो वनाएर अगाडी वढ्न सुझाव दिनुभयो । साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफुहरु पूर्व विद्यार्थी समाजसंग सहकार्य गर्दै अगाडी वढ्न सधै तयार रहेको वताउनुभयो । कार्यक्रमको संचालन समाजका सचिव ई.विवेक लामिछाने गर्नुभएको थियो ।

कार्यक्रममा पूर्व विद्यार्थी समाजले अन्तर्राष्ट्रिय जगतमा खेलको माध्यमद्धारा विद्यालय, समाज र राष्ट्रलाई पहिचान दिलाउने पूर्व विद्यार्थी दिप वहादुर महतरा र केशमाया श्रीशलाई दोसल्ला र सम्मान पत्रबाट सम्मानीत गरेकोे थियो ।

साथै पूर्व विद्यार्थी समाजले आयोजन गरेको विभिन्न कार्यक्रममा संयोजकको भुमिका निर्वाह् गर्ने संयोजकहरु डा.पिताम्वर सुवेदी, ई.विवेक लामिछाने, सिता वोहोरा, वेद वहादुर सिंह, केयर सिंह थापा र टंकनाथ दाहाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व विद्यार्थी समाजले विद्यालयलाई एक लाख रकम समेत समाजका अध्यक्ष झविलाल शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केयर सिंह थापालाई हस्तान्तरण गर्नुभएको थियो । साथै पूर्व विद्यार्थी ओम प्रकास देवकोटले पूर्व विद्यार्थी समाजलाई रु १५ हजार नगद सहयोग रकम उपलव्ध गराउनु भएको थियो । कार्यक्रममा पूर्व विद्यार्थी समाजका ९२ जना आजिवन सदस्यहरुलाई आजिवन सदस्यताको प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

त्यस्तै शनिबार नै सम्पन्न समाजको कार्यसमितिको निर्वाचनबाट अध्यक्षमा झविलाल शर्मा चयन हुनुभएको छ । शर्मा तीन वर्षको लागि निर्विरोध अध्यक्षमा विजय हुनुभएको हो ।

यस्तै महिला उपाध्यक्षमा ऋचालक्ष्मी श्रेष्ठ, उपाध्यक्षमा पूर्णचन्द्र उपाध्याय, सचिवमा ई.विवेक लामिछाने, कोषाध्यक्षमा रत्ना कार्की, सहसचिवमा सुजाता खरेल, सहकोषाध्यक्षमा सीता वोहोरा र महिला सदस्यहरुमा कुन्ता कुमारी खत्री र सृजना रानामगर चयन हुनुभयो भने खुला सदस्यमा विष्णु प्रसाद पौडेल, प्रचण्ड गौतम, खुमानन्द आचार्य र प्रेम खरेल निर्विरोध चयन भएको निर्वाचन अधिकारी भानुभक्त रिजालले जानकारी दिनुभयो ।

Previous articleअवधी पत्रकार संघ बाँकेको अध्यक्षमा प्रहलाद विश्वकर्मा चयन
Next articleअन्धोपन निवारणका लागि सेवा विस्तार गर्ने आँखा अष्पतालको योजना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here