अन्धोपन निवारणका लागि सेवा विस्तार गर्ने आँखा अष्पतालको योजना

नेपालगञ्ज । फत्तेबाल आँखा अस्पताल नेपालगञ्जले अन्धोपन निवारणका लागि सेवा विस्तार गर्ने भएको छ । नेपाल नेत्र ज्योति संघ बाँके शाखाको शनिवार सम्पन्न २९ औं जिल्ला सभामा अष्पतालले थप विशेषज्ञता सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।

संघ बाँकेद्धारा ३६ वर्ष अघि स्थापित अष्पतालले अन्धोपन निवारणका लागि उपचार लगायत सेवा प्रदान गर्दै आएको छ । जिल्ला सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघकी सचिव शान्ति श्रेष्ठले अहिलेसम्म २५ लाख बढीलाई सेवा प्रदान गरिएको भन्दै भावी कार्यक्रम र योजना बारे पनि जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योति संघ बाँके शाखाका सभापति रतन कुमार टण्डनले भौतिक विकासँगै समयसापेक्ष चिकीत्सा सेवापनि विस्तार गरिने विश्वास दिलाउनुभयो ।

अस्पतालका प्रबन्ध निर्देशक डा.कौशल कुमार बर्माले अन्धोपन न्यूनिकरणका लागि निवारणात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक सेवालाई सँगै लगिने प्रतिवद्धता व्यक्त गर्नुभयो । अष्पतालले सर्जीकल रेटिना, कर्निया, ग्लुकोमा लगायतका सेवा शुरु गर्ने जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले अष्पतालले सम्वद्ध निकाय र स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा थप सेवा प्रवाह गर्न सुझाव दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आँखा अष्पतालसँगको सहकार्यमा उपमहानगरपालिकमा निशुल्क आँखा शिवीर शुरु गरिएको भन्दै थप प्रभावकारी बनाइने बताउनुभयो ।

सभामा नेपाल रेडक्रस सोसाइटी शाखाका सभापति गोवद्र्धन सिंह सम्झना, दानवीर जयकेश सिहं, काँग्रेस बाँके सचिव सुधांशु कोइराला, नेकपा माओवादी केन्द्रका प्रतिनिधि प्रेम शाह लगायतले अष्पतालको सेवा, प्रगतीको प्रशंसा गर्नुभएको थियो ।

अष्पतालका लेखा अधिकृत जीत बहादुर थारुद्धारा सञ्चालन गरिएको कार्यक्रमको स्वागत मन्तव्य केशवराम बर्माले गर्नु भएको थियो ।

Previous articleपूर्व विद्यार्थी समाजको अध्यक्षमा झबिलाल शर्मा निर्वाचित
Next articleसुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढ्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here