
नेपालगञ्ज । अवधी पत्रकार संघ बाँकेको अध्यक्षमा प्रहलाद बिश्वकर्मा चयन हुनुभएको छ । शनिबार सम्पन्न जिल्ला अधिबेशनले विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले संघको उपाध्यक्षमा सुनिता बर्मा, सचिवमा रमेशकुमार यादव, सहसचिवमा रुवी साई, कोषाध्यक्षमा असफाक जसगढ (संघर्ष) चयन हुनुभएको छ ।
यसैगरि सदस्यहरुमा सलामत अली शेष, समिर सल्मानी, निलम शर्मा, प्रिति पटेल, सुजल त्रिपाठी, मो. सादब राईनी चयन हुनुभएको निर्वाचन समितिका संयोजक अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो ।





