सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढ्यो

नेपालगञ्ज । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अुनसार आज सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो ।

यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

आज छापावाल सुनको खरिद बिक्री मूल्य एक लाख तीन हजार ५००, तेजावी सुनको मूल्य एक लाख तीन हजार र चाँदीको मूल्य एक हजार २४५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार सुनको मूल्य एक लाख एक हजार ८००, तेजावी सुनको मूल्य एक लाख एक हजार ३०० र चाँदीको मूल्य एक हजार २२० रुपैयाँ थियो ।

Previous articleअन्धोपन निवारणका लागि सेवा विस्तार गर्ने आँखा अष्पतालको योजना
Next articleहिरासत फोडेर भागेका थप एक जना पक्राउ, एक जना अझै फरार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here