डुडुवा पुल नजिकै टिप्पर दुर्घटना

कम्दी । बाँकेको डुडुवा गाउँपालिकामा बुधबार बिहान पुनः टिप्पर दुर्घटना भएको छ ।

ग्राविल लोड गरेर राप्ती नदिदेखि नेपालगन्जतर्फ आउँदै गरेको लु २ ख ३७५८ नम्बरको टिप्पर बुधवार बिहान डुडुवा पुलस्थित श्याम आयल स्टोर नजिकै दुर्घटनामा परेको हो ।

ईलाका प्रहरी कार्यालय कम्दीका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक विष्णु शाहीका अनुसार बुधवार विहान करिव ७ बजेको समयमा टिप्पर दुर्घटनामा परेको हो ।

बाटो निर्माण कार्य भइरहेको र साँघुरो बाटोमा तिव्र गतिका कारण सवारी साधनहरु दुर्घटनामा पर्ने गरेका छन् ।

गढवा गाउँपालिका वडा नं-१ कालाकाटे बस्ने ३८ वर्षीय नागराम योगीले टिप्परलाई चलाउनुभएको थियो । दुर्घटनाबाट मानविय क्षति भने नभएको प्रहरी प्रमुख शाहीले जानकारी दिनुभयो ।

यसअघि मंगलबार पनि सोही बाटोमा टिप्पर दुर्घटना भएको थियो । ग्रावेल लोड गरेर नेपालगञ्ज आउँदै गरेको टिप्पर मंगलबार पनि सोही बाटोमा पल्टिएको थियो ।

Previous articleयौन तथा प्रजनन स्वास्थ्यबारे बर्दियाका बिद्यालयहरुमा कार्यशाला
Next article६२ करोड बढीको सट्टेबाजी आरोपमा ६ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here