यस वर्षको एसईईमा ५ लाख बढी विद्यार्थीले परीक्षा दिने

नेपालगञ्ज । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरू हुँदैछ ।

एसईईमा ५ लाख १६ हजार ५ सय ७७ जना परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

चैत १७ गते शुक्रबारदेखि चैत २९ गतेसम्म एसईई चल्नेछ। एसईई परीक्षाका लागि प्रश्नपत्रहरू केन्द्रसम्म पुर्‍याइसकिएका छन् ।

यसपालि एसईईका लागि २ हजार ३७ वटा परीक्षा केन्द्र तय गरिएको बोर्डले जनाएको छ । जापानबाट पनि परीक्षार्थीहरू सहभागी हुँदैछन् ।

रोजगारीका क्रममा जापानमा रहेका नेपालीका छोराछोरीले त्यहीँबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

यसपालि १४ जना परीक्षार्थीले जापानबाट परीक्षा दिने भएका छन् ।

Previous articleअस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने सरकारको निर्णय
Next articleआज राम नवमी पर्व

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here