
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं-५ स्थित नेपाला प्राथमिक बिद्यालयमा शिक्षक विवादको बिषयमा बाहिर सार्वजनिक समाचारप्रति प्रधानाध्यापकले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।
बिद्यालयका प्रधानाध्यापक ओमप्रकाश बिश्वकर्माले बिद्यालयमा शिक्षकसं भएको विवादको बिषयमा एक बिज्ञप्ति जारी गर्दै सार्वजनिक समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउनुभएको हो ।
चैत्र १४ गतेको अंकमा शिक्षकमाथि प्रधानाध्यापकको अभद्र व्यवहार शिर्षकमा प्रकाशित समाचार प्रति मेरो ध्यानाकषर्ण भएको छ । सत्यतथ्य नबुझि एकतर्फी रुपमा समाचार प्रकाशन गर्नु आपत्तिजनक हो । राष्ट्रको चौथो अंगका रुपमा रहेको संचार संस्थालाई सबैले सम्मान र विश्वास गर्दछ । तर समाचार सम्प्रेशण गर्दा ध्यान नदिएको कुरा स्पष्ट छ । यस क्षेत्रको लोकप्रिय पात्रिका हामी सबैको आशाको केन्द्र हो, तसर्थ यस गरिमालाई कायम राख्दै निम्न कुरा स्पष्ट पार्न चाहन्छु । बिज्ञप्तिमा उल्लेख छ ।
प्रधानाध्यापक बिश्वकर्माले शिक्षिका गोमाकुमारी डाँगीले शिक्षा नियमावलीको आचार संहिता पालना गर्न अटेरी गर्दै आएको, आफ्नो काम कर्तव्य र जिम्मेवारी निर्वाह नगरी अनुशासन हिन कार्यगर्दै आएको, काम र कर्तव्य विर्सेर महिला अधिकार बढी देखाउने गरेको, कक्षा कोठामा बालबालिकालाई पढाउदा शैक्षिक सामग्रीको प्रयोग नगरी र शिक्षण विधि अनुसार अध्यापन नगराई मोबाइलमा बढी व्यस्त हुने गरेको, शिक्षकहरु मध्ये बढी विदा लिने र विदा स्वीकृत नगराई विदामा बस्ने, प्रअलाई अपशब्द प्रयोग गरी हेपेर बोल्ने र पटक पटक सम्झाउदा नानाथरी कुरा गर्ने, कक्षा संचालन भैरहेको समयमा अनुगमन गर्दा कुनै समस्या देखिएमा निज गोमालाई सुझाव दिदाँ स्वीकार नगर्ने र मेरो काम होइन भनि जवाफ दिने, जानकी गाउँपालिकाबाट विद्यालयको अनुगमन भएको समयमा निज डाँगी उपस्थित नरहेको र भोली पल्टा विद्यालय गई हाजिरी राजिट्ररमा हाजिरी गरी उपस्थित कायम गरेको बिषयमा स्पष्ट पार्नुभएको छ ।
यसका साथै विवादको प्रसंगबारे लेख्दै विवादको सुरुवातः बच्चाले प्रंगणमा पिसाब फेरेको सम्बन्धमा निज डाँगीसंग कुरा गर्दा प्रअ।लाई तिम्रो आँखा फुटे हो जस्ता जवाफ दिने र यहाँ उल्लेख गर्न नसक्ने शब्द प्रयोग गर्दै मोबाइल मेरो माथी फाली विवाद सृजना गरेको र पिसाब फेरेको ठाउँमा सफा गर्नका लागि प्रअले पानीको जग हातमा समातेको भएपनि पत्रिकामा देखाए जस्तो सत्यता नरहेको कुरा स्पष्ट गर्न चाहन्छु । अतः मैले कुनै प्रकारको विवाद गर्न चाहेको होइन । शिक्षक डाँगीलाई वि.व्य.समितीले सम्झउँदा कसैको कुरा नमानी बैठकमा भएका निर्णयको पालना नगर्ने र दिएको जिम्मेवारी पनि नलिने जसको कारणले विद्यालय प्रशासन संचालन गर्न कठिनाई भएको, विद्यालयका शिक्षक स्टाफबिच समन्वय नगर्ने गरेको उल्लेख गरिएको छ ।
यसका साथै प्रधानाध्यापक बिश्वकर्माले उल्लेखित बुदाँहरुको सप्रमाण सुरक्षित रहेको पनि बिज्ञप्तिमा लेख्नुभएको छ ।





