
खजुरा । २०५६ सालदेखि बाँकेको पत्रकारितामा क्रियाशिल हरी अधिकारी पत्रकारितासंगै दुग्ध डेरी ब्यवसायमा अघि बढ्नुभएको छ । अन्नपूर्ण पोष्ट दैनिक बाँके जिल्लाको पहिलो संवाददाताको रूपमा नियुक्ति पाएर काम गर्नुभएको अधिकारीले खजुरा गाउँपालिका वडा नं-३ ज्ञानोदय जाने चोकमा जमुना डेरी उद्योग संचालन गर्दै आउनुभएको छ ।
अन्नपूर्णपछि नेपालगन्ज एक्सप्रेस त्यसपछि नेपाली एक्सप्रेसमा व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै दिशा निर्देश पत्रिकामा उप-सम्पादक भएर काम गर्नुभयो । पाएको जिम्मेवारी पुर्ण रूपमा बहन गर्ने अधिकारी करिब १५ बर्ष मिडियामा काम गरेको अनुभवसँगै २०७०/०७१ सालमा बाँके पोष्ट राष्ट्रिय दैनिक शुरु गर्नुभएको थियो ।
सो समय सोचेको जस्तै पत्रकारितामा अघि बढि रहनुभएको थियो । तर अचानक २०७६ साउन ५ गते मोटर साइकल दुर्घटना हुँदा सो घट्नामा परी गम्भीर घाइते हुनुभयो । गम्भीर घाइते अधिकारी लामो उपचारपछि सन्चो हुनुभयो ।
‘पत्रिकाका सहकर्मीहरुले साथ नदिएपछि बिगत २ बर्षदेखि जीवन निर्वाह गर्न गाह्रो भएको थियो,’ उहाँले भन्नुभयो, ‘त्यसपछि जीवन यापनका लागि बिकल्पको रुपमा दुग्ध डेरीको व्यवसाय शुरु गरे ।’
‘एउटा सन्देश जीवनमा मिल्यो र नयाँ जीवन नै नमिलेको भए उहिले नै यो संसारबाट बिदा भएर गइसकेको हुन्थे । दुर्घटनापछि उपचार लगायत कार्यमा सक्दो सहयोग गर्ने आफन्त, संघ संगठन साथीहरूलाई हार्दिक आभार व्यक्त गर्दछु ।’ उहाँले भन्नुभयो ।
‘मान्छे नचिनेर संगत गर्नु हुँदो रैनछ । जतिबेला म मृत्युको मुखमा थिए, मानसिक तनाव झेल्न पर्यो,’ अधिकारीले भन्नुभयो, ‘अन्ततः पत्रकारिता त्यागेर जीवन सहज बनाउन ब्यवसायीक रूपमा दुग्ध डेरीको व्यवसाय शुरु गरेको छु ।’
हाल डेरीबाट नै परिवार धान्नुभएका यस समयपत्र अनलाईनका सहकर्मी समेत रहनुभएका अधिकारीले साँच्चिकै नेपालमा निष्पक्ष पत्रकारिता गरेर जीवन निर्वाह गर्न गाह्रो रहेको बताउनुहुन्छ ।अधिकारीले खजुरा गाउँपालिका वडा नं ३ ज्ञानोदय जाने चोकमा जमुना डेरी उद्योग संचालन गर्दै आउनुभएको छ ।





