माइती नेपालको ३१ औं स्थापना दिवस, गुलरियामा सचेतनामूलक र्याली

गुलरिया । आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा माइती नेपाल बर्दियाले ३१ औ माइती उत्सब रयाली कार्यक्रम गरेको छ ।

माइती नेपालले स्थापना कालदेखि मानव बेचबिखन रोकथाम उद्दार र पुनर्स्थापना का कार्यहरु गर्दै आइरहेको छ । कार्यकममा जिल्ला प्रहरी कार्यालय, बबइ बहुमुखी क्याम्पसका शिक्षक बिद्यार्थी, सहकारी र समुदायका महिलाहरुको उपस्थिति रहेको थियो ।

माइती नेपाल बर्दियाले एक वर्षमा सीमा नाकाबाट ३ सय ९१ जनाको उद्दार गरेको छ । २०७८ चैत्रदेखि २०७९ फागुनसम्म सीमा नाकाबाट सो संख्यामा महिला तथा बालबालिकाहरुको उद्दार संस्थाले जनाएको छ ।

उद्दार गरिएकामध्ये १ जनामाथि मानव बेचबिखनको मुद्दा, ३० जनामाथि जबर्जस्ती कारणी मुद्दा, १०३ जनाको खोज तलास र १ सय ९० जना घरेलु हिसा घटना रहेको भेटिएको माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले बताउनुभयो ।

Previous articleराप्ती नदीमा डुबेका बालकको शव फेला
Next articleजीवन निर्वाह गर्न डेरी ब्यवसायमा अघि बढ्दै पत्रकार अधिकारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here