सेवा सुधारका लागि राप्ती सोनारीले जनायो सात बुँदे प्रतिबद्धता

राप्ती सोनारी । राप्ती सोनारी गाँउपालिकाले सात बुँदे साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरेको छ । सोमबार आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममार्फत गाउँपालिकाले सात बुँदे प्रतिबद्धता जनाएको हो ।

जरी प्रतिबद्धतामा पालिकाभित्र आम नागरिकहरुको सहभागिता रहने कार्यक्रमहरुमा अनिवार्य सबै जनप्रतिनिहरु उपस्थित हुने, गाँउपालिकाभित्र रहेका खोला नदिबाट अवैध रुपमा अनुमति बिना नदिजन्य पदार्थ चोरी निकासी नियन्त्रणका लागि सम्बन्धीत निकायसँग समन्वय गर्ने, सम्पूर्ण प्रक्रिया पुरा भई पेश भएका फाईलहरु विना झन्झट छिटो छरितो फच्यौट गर्ने रहेका छन् ।

यस्तै अन्य प्रतिबद्धतामा विभिन्न समयमा कृषि बालीमा भएको नोक्सानीको क्षतिपुर्ती बापतको रकम हालसम्म समेत किसानले नपाएकोले रकम निकासाका लागि यथासक्य पहल गर्ने, वडा नम्बर ८ मा सञ्चालित सर्पदंश उपचार केन्द्रको सेवा विस्तारका लागि आवश्यक पहल गर्ने, गाँउपालिकाभित्र चल्ने सवारी साधनको साझा मापदण्ड कायम गर्न सवारी निर्देशिका तयार गरि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको हो ।

कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले राप्ती सोनारीले दोश्रो चौमासिकमा गरेका कार्यहरु र प्राप्त उपलब्धीहरुको बारेमा जानकारी गराउनुभएको थियो भने उठेका प्रश्नहरुको जवाफ गाँउपालिका अध्यक्ष तप्त बहादुर पौडेल, उपाध्यक्ष मनिषा सिहं थारु, प्रमुख प्रशासकीय अधिकृत देवकोटा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुले दिनुभएको थियो । बास नेपालको सहजिकरणमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको थियो ।

Previous articleजानकी-५ बकसपुरमा आगलागी हुँदा चार घर नष्ट
Next articleयुवा संघ एमालेको बलियो खम्बा होः अध्यक्ष ओली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here