जानकी-५ बकसपुरमा आगलागी हुँदा चार घर नष्ट

मानपुर । बाँकेको जानकी गाँउपालिका वडा नं-५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ । सोमबार दिउँसोको समयमा एक्कासी आगलागी भएको बताइन्छ ।

आगलगीले बस्तीका चार घरमा पुर्ण रुपमा क्षति भएको छ भने दुई घरमा सामन्य क्षति भएको छ । यस्तै दुई वटा बाख्रा र केही कुखुरा समेत आगोमै जलेका छन् ।दिउँसोदेखि शुरु भएको आगलागी करिब पाँच घण्टापछि चार बजेको करिबमा नियन्त्रणमा आएको थियो । फालिएको आगोको खरानीका कारण बस्तीमा आगलागी भएको वडा नं-५ का वडाअध्यक्ष एवम प्रवक्ता टिकानाथ यादवले बताउनुभयो ।

आगलागी नियन्त्रणमा आएसगै विस्थापित घरपरिवारलाई २५ केजी चामल, अरहरको दाल ५ केजी, २ प्याकेट नुन, सनफलावर तेल ५ लिटर, आलु १० केजी, बेसार, खुर्सानी एक एक प्याकेट, त्रिपाल एक एक थान, भुजा १ प्याकेट र चिनी १ केजी राहत स्वरुप बितरण गरिएको छ ।आगलगी घटनाबाट आफु मर्माहत भएको जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले बताउनुभयो । घट्नास्थलमा पुग्नुका अध्यक्ष खाँले पालिकाबाट हुनसक्ने सम्पुर्ण सहयोग गर्ने आश्वासन दिनुभएको छ ।

घटनास्थलमा पालिका उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, विपद व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंह लगायत पुग्नुभएको थियो ।

कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिका गएको सहित तीन वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।

Previous articleनेपालगञ्जका एक वडाध्यक्षद्वारा स्थानीयमाथि कुटपिट
Next articleसेवा सुधारका लागि राप्ती सोनारीले जनायो सात बुँदे प्रतिबद्धता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here